काठमाडौं - शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ ।

भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो । कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उनी स्वदेश फर्कन पाएका थिएनन । उनी विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आएका थिए।

भारतीय शास्त्रीय संगीतका प्रखर व्यक्तित्व जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय थिए । उनले भारतमा पद्म विभुषण, पद्म श्री सहित अनेक उच्च पदक प्राप्त गररिसकेका छन ।