काठमाडौं - आज बस्ने भनिएको  नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।  

आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि ओली समुह पछिल्लो समय परामर्श र बैठकमा व्यस्त रहेको छ ।