काठमाडौं - रौतहट बमकाण्डमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै पूर्वमन्त्री तथा सांसद आफताब आलमलाई काठमाडौं ल्याइएको छ ।
उनलाई शुक्रबार राति नै काठमाडौं ल्याइएको हो । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।
१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीका अनुसार उनलाई राति नै काठमाडौं ल्याइएको हो ।

.gif)



