काठमाडौं - समाजवादी पार्टी नेपालले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा आफ्नो  उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभा निर्वाचनमा  समाजवादी पार्टीले नेपाली  कांग्रेससँग  तालमेल गरेको छ ।

पार्टिको आइतबार बसेको  बैठकले प्रदेश नं १, २ र ५  को उम्मेदवारको नाम टुंगो लगाएको हो। प्रदेश नं १ मा भरत दाहाल र ज्ञान राज परिवार, साधन शेख खातुनलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै, प्रदेश नं २ मा राम प्रित पासवान र अनिरुध सिंह यादवको नाम टुंगो लागेको छ । प्रदेश ५ मा कृष्ण प्रसाद यादवलाई राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बनाउने निर्णय गरेको समाजवादीले जनाएको छ ।

समाजवादीसँग चुनावी गठबन्धन बारेमा शनिबार  साँझ उपेन्द्र यादवसँग शेरबहादुर देउवाले सहमति गरिसकेका छन्। सरकारबाट बाहिरिए पछि समाजवादीले कांग्रेससँग चुनावी गठबन्धन गरेको हो । यही माघमा ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता हुदैंछ ।