थप ५ हजार ७०६ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
काठमाडौं - नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा शनिबार थप ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १४ हजार ४०३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, गत २४ घण्टामा ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा १९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ।शनिबार थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ। संक्रमण देखिएकामध्ये २ लाख ८३ हजार ३८२ जना संक्रमण मुक्त भइसकेका मन्त्रालयले जानकारी दिएको छ।
देशभर हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस