प्रतितोला ६ सय रुपैयाँले बढ्यो मूल्य
खबर एक्सप्रेस
२०७८-०९-२८ १२:२९ मा प्रकाशित
Total Shares: 191
काठमाडौं - बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उतारचढाब आएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस