आज नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण
खबर एक्सप्रेस
२०७८-०८-२९ ०९:५५ मा प्रकाशित
Total Shares: 181
काठमाडौं - तुलसीलाल प्रतिष्ठान च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । आज बिहान ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन् । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस