काठमाडौं - ललितपुरको नखिपोटस्थित नख्खु खोलाले चार जनालाई बगाएको छ ।

खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् ।

उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको छ। मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ ।

भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन् ।