नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडौं - स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ।
टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।
१ सय ५३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा उति नै रन बनायो र खेल बराबरीमा टुङ्गियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए।
त्यसपछि सूपरओभर भयो। सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो। जबाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र बराबरी भयो।
अनि फेरि दोस्रो सूपरओभर भयो। दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो। जबाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो।
अनि तेस्रो सूपरओभरमा नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनु अगावै २ विकेट गुमायो। अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो।
फेसबुक पेज Like गर्नुहोस