केही स्वार्थी मान्छेले म मधेश विरोधी हो भन्ने हल्ला चलाए : ओली
खबर एक्सप्रेस
२०७८-१२-२२ ०३:३३ मा प्रकाशित
Total Shares: 313
काठमाडौं,वीरगञ्ज - एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् ।
वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् ।
‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’

.gif)




फेसबुक पेज Like गर्नुहोस