काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । सुनको भाउमा मंगलबार पनि तोलामा १ हजार ६ सय रुपैयाँले गिरावट आएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको छ ।