पोखरा - कास्की र लमजुङका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका एक महिला र लमजुङका पाँच पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये लमजुङ जिल्लाका सबैजना नेपाल प्रहरीमा कार्यरत छन् भने कास्कीका संक्रमित मेघा बैंक, पोखरा, बगर शाखामा कार्यरत कर्मचारी हुन् ।

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ९४ पुगेको छ ।