नेपाल प्रिमियर लिग: आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै
खबर एक्सप्रेस
२०८२-०८-०५ ०७:२६ मा प्रकाशित
Total Shares: 76
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दैछन् ।
आज हुने एकमात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स मैदानमा उत्रिनेछ ।
यता, युवा अलराउण्डर कुशल मल्लको कप्तानीमा चितवन राइनोज लगातार दोस्रो जितको खोजीमा मैदानमा उत्रिनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस