बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकका शव लैजान भारतका एक राज्यमन्त्री नेपाल आउँदै
खबर एक्सप्रेस
२०८१-०५-०८ १०:४६ मा प्रकाशित
Total Shares: 104
काठमाडौं - तनहुँमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउने भएकी छिन् ।
दुर्घटनाका घाइतेलाई भेट्न र मृतक शवहरू लिएर जान उनी काठमाडौं आउन लागेकी हुन् । स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी आज बिहान साढे १० बजे काठमाडौं आउने कार्यतालिका छ ।
उनको साथमा महाराष्ट्र जलगांवका एक जना विधायक पनि आउने छन् । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस