काठमाडौं-अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ३७ जनाको मृत्यु भएको छ ।

देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका हुन् ।

हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।