जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते
खबर एक्सप्रेस
२०७७-१०-२२ ०२:०१ मा प्रकाशित
Total Shares: 631
काठमाडौँ - आम हड्ताल गर्नेक्रममा जनकपुरमा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
बिहीबार जनकपुरधामको शिव चोक पुगेका सो पक्षका नेता कार्यकर्ताहरूलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। झडपका क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । प्रहरीले गरेको लाठीचार्जबाट नेता झाको टाउकोमा चोट लागेको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जन बढी राउन्ड हवाइ फायर समेत गरेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ भने एक प्रहरी जवान पनि घाइते भएका छन्

.gif)



फेसबुक पेज Like गर्नुहोस