तनहुँ पहिरोमा १० जनाको शव फेला, दुई अझै बेपत्ता
काठमाडौं - तनहुँको विभिन्न स्थानमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ। २ जना बेपत्ता छन्।
व्यास नगरपालिका वडा ९, माझफाँटमा २ घर, ऋसिङ गाउँपालिका वडा ८ पट्याङमा १ घर र म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा १ घर गरी ४ घर पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति हुन गएको हो। अविरल वर्षापछि आइतवार राति माझफाँटका ५० वर्षीय केशवबहादुर थापाको घर पहिरोमा पुरिँदा परिवारका ३ सदस्यको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्।
पहिरोमा परी केशवबहादुरकी ४० वर्षीया श्रीमती कमला थापा, २४ वर्षीय छोरा मनोज थापा, २२ वर्षीया छोरी अञ्जना थापाको मृत्यु भएको हो।
पहिरोमा उनका २० वर्षीय छोरा राजेश थापा बेपत्ता छन्। बेपत्ताको बिहानैदेखि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिरोमा घाइते केशव थापाको पोखरामा उपचार भइरहेको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस