काठमाडौं, ललितपुर - ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरी डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४२ वर्षीय हर्क बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हर्क बहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।