काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो। 

दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका हुन्। उनले ४ गते महासभालाई  सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ। 

महासभामा सहभागि भएपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ।