काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ७० हजार १३९ जना निको भएका छन् ।