सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ आजको बजार भाउ ?
खबर एक्सप्रेस
२०७७-०४-११ १२:०८ मा प्रकाशित
Total Shares: 333
काठमाडौं - सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस