काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ४३१ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ४७ छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।