क्यानडालाई ३५ प्रतिशत कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा
खबर एक्सप्रेस
२०८२-०४-१७ ०८:३९ मा प्रकाशित
Total Shares: 62
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् ।
यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको घोषणा गरेका हुन् । ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ ।
यस अघि ट्रम्पले अप्रिल महिनामा नै धेरै देशको सामानमा थप करको घोषणा गर्दै हलचल मच्चाएका थिए । अप्रिल १ को स्वतन्त्रताको दिन ट्रम्पले स्विजरल्यान्डको सामानमा ३१ प्रतिशत करको घोषणा गरेका थिए ।
रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस