काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकावाट प्रस्थान गरेका छन्  । जी–२० शिखर सम्मेलनका लागि जो बाइडेन शुक्रबार भारत पुग्नेछन् । 

भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ह्वाइट हाउसबाट जारी गरिएको बिज्ञप्ति अनुसार उनी जर्मनी, भारत र भियतनामको तीन दिने भ्रमण कार्यक्रम अनुसार देश बाहिर निस्केका हुन तर उनी अधिकांश समय भारतमै रहनेछन् ।

जो बाइडेन प्रस्थान गर्नु अघि ह्वाइट हाउसले भन्यो कि बिडेनमा कोरोना नेगेटिभ देखिएको थियो । जी २० शिखर सम्मेलनको लागि भारत भ्रमणमा रहदाँ रोग नियन्त्रण र रोकथाम केन्द्रको कोभिड १९ को दिशानिर्देशहरू पालना गर्नेछन्। 

उल्लेखनीय कुरा के छ भने भारत प्रस्थान गर्नुभन्दा एक घण्टाअघि राष्ट्रपतिको अर्को कोभिड परीक्षण नेगेटिभ आएको थियो । अमेरिकाकी प्रथम महिला भर्खरै कोरोना संक्रमित भेटिएकी थिइन् । तर, आज उनको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

ह्वाइट हाउसले भने कि अमेरिका छोडेपछि बाइडेन शुक्रबार जर्मनीको रामस्टेमा रोकिने छन्। साँझ नयाँ दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । शनिबार औपचारिक स्वागत पछि बाइडेन जी २० एक पृथ्वीको पहिलो सत्र र अर्को सत्र एक परिवारमा पनि उपस्थित हुनेछन्।