काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले आइतबार वार्ताको लागि ३ न्यायाधीशलाई जिम्मा दिएको हो।

वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका छन्। उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको बताइएको छ। 

आइतबार दिउँसो ३ न्यायाधीशले प्रधानन्यायाधीशसँग छलफल गरेका छन् । न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै राजीनामालाई मुख्य एजेण्डा बनाएका छन्।