सिटीका प्रशिक्षक पेप वर्ष प्रशिक्षक घोषित
खबर एक्सप्रेस
२०७८-०२-११ ०८:५१ मा प्रकाशित
Total Shares: 553
काठमाडौं, एजेन्सी - म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् ।
सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो ।
सिटीले पछिल्लो चार वर्षमा तेस्रोपटक लिगको उपाधि जितेको छ । यस्तै म्यानचेस्टर सिटीले यो सिजन लिग कप फुटबलको उपाधि पनि जितेको छ ।
सिटीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा चेल्सीसँग मे २९ मा प्रतिस्पर्धा गर्दै छ । गार्डिवलाले यसअघि गएको २०१७–१८ को सिजनमा लिग प्रशिक्षक एसोसिएसन मार्फत वर्ष प्रशिक्षक अवार्ड पाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस