नेपाल र बंगलादेशबीच फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिता नोभेम्बर १३ मा हुने
खबर एक्सप्रेस
२०८२-०७-१५ ०५:२१ मा प्रकाशित
Total Shares: 102
काठमाडौं - नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यो मैत्रीपूर्ण खेल बंगलादेशमा हुनेछ । उक्त खेल नेपाली समय अनुसार ७ः४५ मा हुने बताइएको छ।
आगामी एएफसी एसियन कप छनोटको तयारीका रुपमा बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशले नोभेम्बर १८ मा भारतसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।
नेपालले पनि नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका रहेको छ। दुवै टोलीले भदौमा दशरथ रंगशालामा पनि मैत्रीपूर्ण खेल खेलेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो खेल भने जेनजी आन्दोलनका कारण अवरुद्ध भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस