इटालीद्वारा कीर्तिमान बराबर
काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा इटालीले बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेलेको हो । बसेलमा भएको खेलमा पाएको अवसरमा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।
बराबरीसँगै युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ ।
विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।
रोबर्टो मान्सिनीको टिम इटालीले सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि हार व्यहोरेको छैन ।
स्विट्जरल्यान्डसँगको बराबरीपछि इटालीले ५ खेलमा ११ अंक जोडेर शिर्षस्थानमा छ । स्विट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस