काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । संक्रमितमध्ये ११ हजार २ सय ४९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । कुल संक्रमितको​ ६४.८५ प्रतिशत संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।