अन्तर्राष्ट्रिय

विश्वव्यापी रुपमा मंकीपक्स संक्रमितको संख्या ७० हजार

काठमाडौं -  विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अध ...

मलेसियाली प्रधानमन्त्रीले गरे संसद् विघटन

काठमाडौं,एजेन्सी - मलेसियामा संसद् विघटन गरिएको छ । मलेसियाली प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका हुन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन् ।  राष्ट्रका नाममा टेलिभिजन ...

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंहको निधन

काठमाडौं - भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।पिसाबमा संक्रमण भएका कारण गत सेप्टेम्बर २६ देखि गुरुग्रामको मेदान्ता अस्पतालमा उपचार गराईरहेका यादवको निधन भएको जानकार ...

नाइजेरियामा डुंगा दुर्घटना, कम्तीमा ७६ जनाको मृत्यु

काठमाडौं, एजेन्सी - नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।  ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । ब ...

अमेरिकामा आप्रवासीको आगमन बढेसँगै आपत्कालीन घोषणा

काठमाडौं - अमेरिकाको न्यूयोर्कमा आप्रवासीको आगमनलाई लिएर आपत्कालीन अवस्था घोषणा गरिएको छ ।न्यूयोर्कका मेयर एरिक एडम्सले आप्रवासीबाट उत्पन्न संकटको अवस्थालाई सम्बोधन गर्न आपत्कालीन अवस्था घोषणा गरेका हुन् । अप्रिलदेखि दक्षिणी सीमानाबाट १७ हजार बढी आप् ...

भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगलागी,कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं - भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारतीय प्रहर ...