ब्रेकिङ न्युज

मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द

काठमाडौं - काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै से ...

जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

 सिंजा - कोरोना भाइरसको संक्रमण फैलिन नदिन जुम्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा अवधिभर कसैलाई घरबाट बाहिर ननिस्कन आग्रह ...

सोती घटनामा बेपत्ता भएका ६ जनाकै शव भेटियो

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनाकाे शव भेटिएको छ । मंगलबार थप एक जनाको शव फेला परेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो ।मंगलबार भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव भ ...

विश्व कोरोना अपडेट: संक्रमितको संख्या ६४ लाख नाघ्यो, ३ लाख ७८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख नाघेको छ । संक्रमणबाट ३ लाख ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १८ लाख ५९ हजार नाघेको छ । त्यहाँ १ लाख ६ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन ...

लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

काठमाडौं - लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव  को अन्तर्वार्तामा सहभागी हुन उम्मेद्वारले अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउनु पर्ने बताएको छ ।आयोगले मंगलबार एक सुचना जारी गर्दै काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका ...

रुकुम पश्चिम घटनाको छानबिन अन्तिम चरणमा, दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री बादल

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बता ...