ब्रेकिङ न्युज
माथिल्लो मैलुङ खोलाले ४ साउनदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं- माथिल्लो मैलुङ खोला जलविद्युतले आगामी ४ साउनदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको ...
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ । चालकसहित ६ जना यात्रु रहेको सो उक्त हेलिकप्टरको हेलि ...
योजना आयोगका श्रेष्ठ उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता
काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको बेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा योजना आयोग र एनड ...
बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु संक्रमित, ९ हजार बढी मरे
बैतडी - बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन ...
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०१ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।जसअनुसार आजक ...
मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प् ...