काठमाडौं - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित शिशुको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती शिशुमा मस्तिष्कसम्बन्धी समस्या थियो ।

शुक्रबार कोरोना पुष्टि भएपछि लगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।