काठमाडौं - इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएकी एक नर्सले आत्महत्या गरेकी छिन् ।

आफुलाई कोरोना संक्रमण भएपछि ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्सले आत्महत्या गरेकी हुन् । उनी कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन्।

उनी त्यस क्षेत्रमा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लिन थिइन्। बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन्।

उनी लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स थिइन्। यो क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको छ कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगेँ।

'अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन', आत्महत्या गर्नुअघि उनले लेखेकी थिइन्, 'त्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु।'