काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चार वटा अस्पतालमा कोरोना भाइरसको परीक्षण थप गर्न व्यवस्था मिलाउन लागेको छ ।

हालसम्म टेकुबाट परीक्षण हुदै आएकोमा अब त्रिवि शिक्षण अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल र धुलिखेल अस्पतालमा यो सेवा विस्तार गर्न लागिएको हो ।

सातै प्रदेशमा प्रयोगशाला भवन बनाईए पनि परीक्षण हुन सकेको छैन् । प्रयोगशालाकी प्याथोलोजिष्ट डा। मुकुन्दा शर्माले टेकुबाट मात्र परीक्षण गर्दा टाढा टाढाका नमुना ढिलो आउने र नतिजा समेत ढिलो थाहा हुने भएकाले परीक्षणको दायरा फराकिलो बनाउन लागिएको बताइन् ।

यस्तै प्रयोगशालाले हालसम्म ६ सय १२ जनाको कोरोना भाइरस परीक्षण गरिएको जनाएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।