काठमाडौं - संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमल पराजुलीलाई ८०२ को मतान्तरले हराउँदै पोखरेल विजयी भएका हुन्।

पोखरेलले ३ हजार १८ मत ल्याएका थिए। पराजुलीले २ हजार २ सय १६ मत ल्याउँदा तेस्रो स्थानमा रहेको समाजवादी उमेदवार नुर्बु शेर्पाको मत ३३२ रह्यो।