काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

गत सातामात्र अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका प्रधानमन्त्रीले शुक्रबार साँझ वा शनिबार देशवासीलाई सम्बोधन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले सेतोपाटीलाई जानकारी दियो।

यसअघि प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुअघि देशवासीलाई भिडिओमार्फत् सन्देश जारी गरेका थिए। कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन, अत्यावश्यक काममा मात्र बाहिर निस्कन आग्रह गरिसकेको छ।