काठमाडौं - पछिल्लो समय युट्युबमा भाइरल भएकी बाल गायिका कमला घिमिरेको पहिलो ‘चिया छानेको’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा घिमिरेलाई गायक अमृत सापकोटाले साथ दिएका छन् । गीतमा रमेश बि.जी.को शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा बद्री पंगेनी, बिनोद बाजुराली, शंकर बिसी, बिमल अधिकारी, खेम सेञ्चुरी, अञ्जली अधिकारी, रीना थापा मगर, करिष्मा ढकाल, धु्रव हिमाली, मोहन खड्का, एलिना रायमाझी, मालती घले, निलिमा ढुंगाना, रविना भण्डारी, शुवेक्षा नेपाल, कमल सरगम लगायतका कलाकारको अभिनय रहेको छ ।

यस गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले खिचेका छन् । भिडियोको सम्पादन भने विकास ज्ञवालीले गरेका छन्।