काठमाडौं - माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकको लागि माछापुच्छ्रे ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकलाई छिटो सेवा पुगोस भन्ने हेतुले अन्तर्राष्ट्रिय स्तरको सेवा विस्तार गरेको बताउको छ ।

बैंकले जारी गरको एक विज्ञप्तिमा भनिएको छ, ‘ बैंकले अन्र्तराष्ट्रिय स्तर को SIP PBX मा आधरित IVR बैंकिङ्ग र audio Notice board सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो । गाह्रकले बैंकको बिभिन्न सामजिक संजाल मार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्र मा सम्पर्ग स्थापित गर्न सक्नेछन ।’

माछापुच्छ्रे बैंकले आफ्ना एक सय ४५ वटा शाखाहरु, एक सय ३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा दुई सय ८३ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ७९ वटा एटीएमहरु, एक हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत बाट ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।