एजेन्सी - पूर्वी चीनमा पर्ने जिआङ्सु प्रान्तमा शनिबार एक रेष्टुरेन्टमा भएको ग्यास विस्फोटमा परी ६ जनाको मृत्यू भएको छ भने ९ जना घाइते भएका छन् ।

सिन्ह्वाले स्थानीय प्रशासनको हवाला दिँदै लेखेको समाचारका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेतिर सिशन जिल्ला वुसी शहरमा रहेको सडक रेष्टुरेन्टमा उक्त ग्यास विस्फोटन भएको हो ।

सबैगरी १५ जनालाई उपचारको लागि अस्पताल पठाइएको र तीमध्ये ६ जनाको मृत्यू भइसकेको छ । घाइते ९ जनाको अवस्था स्थिर रहेको छ । दुर्घटना स्थलमा थप उद्धारको काम भइरहेको छ ।