काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई ‘अधम’ भनेका छन् ।

कोरोना भाइरससँग जुध्न मुलक लकडाउन गरेको सरकारले विपन्न वर्गका लागि राहतको प्याकेज नल्याएको भन्दै आक्रोशित भट्टराईले सरकारलाई अधम भनेका हुन् ।

राहतको घोषणाका लागि चिच्याएर आग्रह गर्दा समेत सरकारले नसुनेको उनको आरोप छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले यसरी आक्रोश पोखेका छन्, ‘उत्तम मान्छेले आफैले जानेर गर्छ रे ! मध्यमले अरूले भनेको मानेर गर्छ रे ! अधमले आफू पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे । दिनहुँ ज्यालामजदूरी नगरे साँझविहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको बेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो ? खबरदार !’