लतिलपुरको सानेपाबाट १४ जुवाडे प्रहरीको फन्दामा
खबर एक्सप्रेस
२०७६-१०-२६ ११:०० मा प्रकाशित
Total Shares: 367
ललितपुर - लतिलपुरको सानेपाबाट १४ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–२ सानेपास्थित बिष्णु बहादुर तण्डुकारको टहरामा जुवातास खेलिरहेको अवस्थामा रौतहट घर भएका ४० वर्षीय मनोज साह रौनियारसहित १४ जना पक्राउ परेका हुन ।
उनीहरुको साथबाट एक लाख २६ हजार सात सय सात रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस