काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)चीन भ्रमणमा जाने भएका छन् । शुक्रबार काठमाडौँमा भएको नेपाल–चाइना मिडिया फोरमको कार्यक्रममा बोल्दै प्रचण्डले आफू चीन जान लागेको बताएका हुन् । 

उनी चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन जाने भएका हुन् । कहिले जाने भन्ने बारेमा केही नबताए पनि चिनियाँ पक्षले आफ्नो नेतृत्वमा भ्रमण टोली आसोस् भन्ने चाहेकोले त्यसको तयारीमा आफूहरु लागिपरेको बताएका छन् । 

सोही कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ शब्द उपयुक्त नलागेको समेत बताए भने उनले लिपुलेकबारे भारत र चीनले गरको समझदारीमा आफूले सोही समयमा नै आपत्ति जनाएको बताए । गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि नेपालको भ्रमणमा आएका थिए ।

 एचबअजबलमब