भ्रष्टाचार बिरोधि अभियानताका रूपमा चिनीएका चर्चित डीआईजी पोखरेल सरुवा
काठमाडौं : नेपाल प्रहरीको केन्द्रिय प्रबक्ता एवं चर्चित प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको सरुवा भएको छ ।
उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भ्रष्टाचार बिरुद्ध कडा रूपमा प्रस्तुत हुने प्रहरी महानिरीक्षक पोखरेल प्रहरीको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल स्वच्छ छबि भएको विवादमा नपरेको जनताले निकै आशा गरेको अब्बल प्रहरी नायब महानिरीक्षकका रूपमा चिनिएका छन् ।
पोखरेल लाई नेपाल प्रहरीको भावी नेतृत्वको रुपमा हेरिएको छ । उनले संखुवासभा ,मोरङ र काठमाडौं प्रहरी प्रमुख हुदा शान्ति सुरक्षा कायम गरि उल्लेख काम गरि पटक पटक चर्चामा रहेका थिए ।
स्वच्छ छबि भएको र इमानदारीसाथ काम गर्ने प्रहरीका रूपमा चिनिएका पोखरेल जनताले धेरै बिश्वास गरेको एक सफल प्रहरी नायब महानिरीक्षक हुन् ।
फेसबुक पेज Like गर्नुहोस