काठमाडौं - नेपाली कांग्रेसले सोमबार दिउँसो ३ बजेका लागि बोलाएको बैठक साँझसम्म सुरु हुन सकेको छैन ।

बैठकअघि केन्द्रीय कार्यालयमा प्रदर्शनमा रहेका विद्यार्थीमाथि आक्रमण भएपछि असन्तुष्ट पक्षले घटनाको छानबिनको माग गरिरहेको छ । साँझसम्म बैठक सुरु हुन नसकेपछि आइतबार नेविसंघको तदर्थ समिति घोषणा हुने सम्भावना कमजोर बनेको छ ।

पार्टीले विधान मिचेर विद्यार्थी नै नरहेका नेतालाई नेविसंघको अध्यक्ष बनाउन लागेको विरोधमा नेविसंघको कुन्दनराज काफ्ले समूहले आमरण अनशन सुरु गरेपछि उक्त समूहमाथि हमला भएको हो ।

हमलामा परी ताहचल क्याम्पसका कमल पन्त, अछामकी लक्ष्मी बोगटी, एनसी आइटी कलेजका नेविसंघ एकाई सभापति सरोज थापा र सोही कलेजका सचिव आकाश रेग्मी घाइते भएका छन् । घाइतेहरुको स्टार अस्पताल सानेपामा उपचार चलिरहेको छ । घटना सभापति देउवा समूहबाट परिचालित गुण्डाहरुले गरेको पिटाइ आएका नेताहरुले दावी गरेका छन् ।