काठमाडौं - कुलेश्वरबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठको घरबाट नगद २ लाख ३८ हजार नगद र ८ लाख बराबरको विभिन्न बैंकको चेक ११ थान, तास १ बुकसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा १४ कुलेश्वर बस्ने वर्ष ४४ को शिव श्रेष्ठ ,काभ्रे चौरी देउराली गाउँपालिका वडा नं ६ घर भई कुलेश्वर बस्ने वर्ष ४४ को यादव चौलागाई ,धादिङ्ग थाक्रे गाउँपालिका वडा नं ८ घर भई कलंकी बस्ने वर्ष ४१ को राजु पौडेल चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने वर्ष ३१ को राजिब श्रेष्ठ ,वर्ष ४४ को केशब प्रसाद मुडवरी फबारा जितपुर घर भई कलंकी बस्ने वर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउपालिका वडा नं ३ घर भई कालीमाटी बस्ने वर्ष २८ को प्रेम बडुवाल रहेका छन्। उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।