काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष टि(ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले खराव सुरुवात गरेको छ । नेपालले ८ ओभरमा ३ विकेटको नोक्सानीमा ५४ रन बनाएको छ ।

नेपालले पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ सेखलाई सस्तैमा गुमाएको छ । पारस १ रनमै पेभेलियन फर्किए भने आरिफ १९ रनमा आउट भएका छन् । ज्ञानेन्द्रले २१ रन बनाए ।