शुक्रबार सुनको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७६-०६-०३ ११:०० मा प्रकाशित
Total Shares: 1103
काठमाडौं - बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन ७० हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी प्रतितोला ८५५ कारोबारमा भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस