काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ।

मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया भएको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यू को शल्यक्रिया सफल भएको छ,’ उनले भने, ‘सानो शल्यक्रिया हो । अब स्वास्थ्यका अरु विवरण हेरेर अस्पतालमा कति समय बस्ने भन्ने निर्धारण हुन्छ ।’

नियमित स्वास्थ्य परीक्षणका क्रममा मङ्गलबार बिहान मनमोहन कार्डियो भास्कुलर सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको भएको भन्दै चिकित्सकहरुले भर्ना हुन सुझाव दिएका थिए ।