दशैं मनाउन उपत्यकाबाट १९ लाखभन्दा बढी बाहिरिए
खबर एक्सप्रेस
२०७६-०६-१८ ११:०० मा प्रकाशित
Total Shares: 590
काठमाडौं - दसैं मनाउन १९ लाखभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार यही असोज ५ गतेदेखि गएरातिसम्म १९ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् ।
यो बीचमा झन्डै सात लाख यात्री राजधानी भित्रिएको महाशाखाले जनाएको छ । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ । पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु काठमाडौं भित्रिएका छन् ।
अहिले उपत्यका, नागढुंगा लगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रविराज पौडेलले जानकारी दिए । उनले राजधानीमा एक हजार भन्दा बढी ट्राफिक प्रहरी खटाईएको जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस